अझै ठडिएनन्भू कम्पले ढलेका घर
जाजरकोट ः गत वर्ष कात्तिक १७ गतेको भूकम्पले ढलेका घर उक बर्ष बितिसक्दा पनि ठडिएका छैनन् । भूकम्प जानुभन्दा अघि चहलपहल हुने भेरी नगरपालिका ३ पीपलडाँडा सुनसान छ ।
घर निर्माण गर्न नसक्दा सर्वसाधारण अस्थायी आवासमा बस्न बाध्य छन् । सो क्षेत्रमा भएका पुराना घर भूकम्पले भत्किएपछि त्यहाँ सुनसान हुनुका साथै मान्छेको चहलपहल घटेको स्थानीयको भनाइ छ । स्थायी घर नबन्दा जोखिम कायमै रहेको उहाँहरुको गुनासो छ ।