मुडकेचुलामा शाहीको साहस ः पालिकामा कांग्रेस र एमाले शुन्य

डोल्पा ः डोल्पाको मुडकेचुला गाउँपालिकामा सत्तारुढ नेपाली कांग्रेस र एमालेको सहभागिता शुन्यमा झरेको छ । सबै वडाहरुमा नेकपा ( माओवादी केन्द्र) का जनप्रतिनिधिको सहभागिता रहने भएको छ । गाउँपालिकाको वडा नम्वर ६ का वडाध्यक्ष नरेन्द्र शाही माओवादीमा प्रवेश गरेसँगै मुडकेचला माओवादीमय भएको छ । अब सबै वडाका अध्यक्ष माओवादी नै रहेका छन् ।

माओवादीको तेस्रो गाउँपालिका सम्मेलनले सत्तारुढ दलको जनप्रतिनिधिलाई माओवादीमा प्रवेश गराएपछि मुडकेचुला माओवादीमय भएको हो । तेस्रो गाउँ पालिका सम्मेलनबाट टंक हमालको नेतृत्वमा ३३ सदस्यीय नेकपा माओवादी केन्द्रको गाउँ कमिटि निर्माण भएको छ । सोही कार्यक्रममा अन्य दलबाट ५६ जना माओवादीमा प्रवेश गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।





error: Content is protected !!