उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी सांसदहरुलाई वितरण

काठमाडौँ ः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्ध नेपाल स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरुलाई वितरण गरिएको छ ।

उक्त उजुरी मंगलबार बसेको समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिएको हो ।

२०८० माघ १४ मा उजुरी दर्ता भएको उक्त उजुरी १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो ।

मन्त्री खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा निवेदन दिएको थियो । स्रोत ः रातोपाटी

465820711_1121234572730305_7512236351131314043_n

466404992_1109841927415176_3562582583694039493_n





error: Content is protected !!