अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट : सोमबारबाट अवरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको छ। विमानस्थलमा जमेको हिउँ पन्छाएपछि मंगलबारदेखि हवाई सेवा सुचारु भएको हो।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुले हिउँ पन्छाएका हुन्।

हिउँ सफा गरेपछि सीता एयरले नेपालगञ्ज र सुर्खेतबाट एक–एक उडान भरेको थियो।





error: Content is protected !!