बोसिस्टोको घातक बलिङ, १ सय ३ रनमा समेटियो पोखरा

काठमाडौँ ः पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो ।

पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाउनुभयो । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०(१) रन जोड्नुभयो ।

पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिनुभयो । उहाँले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो । युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।





error: Content is protected !!