मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

क्वालालम्पुर ः मलेसियाका उत्तरी राज्यहरुमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन् ।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरुले यो अझै बढ्न सक्ने बताएका छन् । केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्कअनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन् । तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरुलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरु अन्य सात राज्यहरुबाट रिपोर्ट गरिएको थियो । यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरु जलमग्न सडकहरुबाट हिडिरहेको देख्न सकिन्थ्यो ।




सम्बन्धित समाचार


error: Content is protected !!