रवि लामिछानेको आजको बयान सकियो, आइतवार पनि लिइने

काठमाडौँ ः पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आजको बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा विहानदेखि सुरु भएको बयान आइतवार पुनः लिनेगरी अपराह्न स्थगित गरिएको हो।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका थिए।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते काठमाडौँमा पनि पक्राउ अनुमति जारी भएको थियो। सोही प्रकरणमा उनलाई बिहीवार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको थियो।










