देवका लामिछानेलाई किन भोट ?

 हेमन्त केसी
न्याय , समानता , समता र महिलामुक्तीको लागि हामीले एक पटक देवका लामिछानेलाई भोट दिनुपर्ने न्यायको आवाज हो । किन भने , जनयुद्धमा होमिएर नाफाको जिन्दगी बिताइरहेकी र लाभको पदमा नपुगेकी लामिछानेको लागि यो अवसर एक सुन्दर समय पनि हो । हरेक समय आफैँमा महान र गौरवशाली हुन्छ । त्यही गौरवशाली समयको माग अहिले देवका लामिछानेको भागमा परेको छ । नलगाड अर्थात एक जनयुद्धको परिचय दिलाउने स्वणिम भूमि, सोही भूमिले पाएको देवका अर्थात सोभा नलगाडको अर्को परिचय हो ।

वर्ग संर्घषको महान यात्राबाट जन्मिएकी देवका नलगाडको लागि भरोसा र भाग्य पनि हुन् । महान जनयुद्धमा कतिले ज्यान गुमाए । कत्ती अझैँ घाइते भएर पीडाको जिन्दगी बाच्दै नयाँ युगको आसामा रहेका छन् । इतिहासले हरेक समयमा नयाँ ,नयाँ परिवर्तन ल्याउछ । त्यही परिवर्तनको साँची मात्र होइन, कर्मशिल भएर अहिलेको समय ल्याउने देवकाको भारी हात रहेको छ । नलगाडलाई पगरी बनाएर बगिरहेका पवित्र गंगा नलगाड र भेरीले इतिहासलाई संचित गरेका छन् । इतिहास बारम्वार आउदैन । हामीले इतिहासलाई चिन्नु ,बुझनुपर्छ र सोही अनुसारको इतिहास निर्माण गर्नुपर्छ । इतिहास चिन्ने व्यक्ति नै महान हुन्छ । त्यही महान समयको बीचमा स्थापित देवका माओवादी पार्टीमा मात्र नभई आन्दोलनमा समाहित एक परिवर्तनको लागि मृत्यु जितेकी सशक्त प्रतिभा हुन ।


आन्दोलन परिवर्तनका खातिर थियो । नेपाली जनताको जितका लागि थियो । मुठीभरीका शासकको अत्याचार , दमन र जेलनेलका विरुद्ध थियो । एकै व्यक्तिले एकै समयमा यो भूमिका पाउन मुस्किल भएपनि समयले देवकालाई भारी पीडा दिदै आएको छ । एक वर्षकी छोरीलाई जनताको घरमा छाडेर परिवर्तनका लागि माओवादी आन्दोलनमा लाग्दै गर्दा खाली , भोको शरिर लिएर वषौँ सम्मा जनताको पक्षमा आफूलाई समाहित गरिन । जो विरलै हुने घटना हो । एउटा आमाका लागि सन्तान कति प्यारो हुन्छ त्यसको कुनै हिसाव छैन । छोरीले आमाको न्यानो माया पाउने र आमाले छोरीलाई माया दिएर हुर्काउने समयमा देवका जनताको मुक्तिका लागि जनताको घर घरमा पुग्नुभयो । एक वर्षको छोरी भन्दा उनका लागि जनताको अधिकार प्राप्त गर्ने दिनको लागि संर्घष प्यारो भयो । मृत्यु कि मुक्ति भन्दै कात्रो बाधेर माओवादी आन्दोलनमा लाग्दै गर्दा भारी दिनहरु दुख ,पीडा र वेदनमा विताएकी छन् यही परिवर्तनका लागि लामिछानेले । त्यही भारी संर्घषको बीचमा फुलेको सुन्दर फुल आज नलगाडको उपमेयरको लागि जनताको माझमा फेरी पनि जनतालाई शिरोधार्य गर्दै अगाडी बढने उद्घोष गरिरहेका छिन् ।

मानिसको जिन्दगीमा आउने बिभिन्न संर्घषहरु , मृत्यु साँची राखेर गरिदैन तर देवका लामिछानेका हरेक संर्घषहरु व्यक्तिगत स्वार्थमा नभई जनताको अधिकार प्राप्त गर्ने स्वार्थमा केन्द्रीत रहेको पाइन्छ । जन्मिएपछि बाचुन्जेल व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत हुने मानवरुपी चाहनाका बीच देवका भिन्न र छुट्टै खालको प्रवृति ल्याएर जन्मिएकी नारी हुन् । वर्ग संर्घष उनको जग हो । स्कुले उमेरमा साथीहरुसँग रमाउने समयमा देवका विद्यार्थीहरु संगठित गरि दमनकारी राज्यसत्ताका विरुद्धमा विद्रोहको तयारीमा रहेकी थिइन । मिठो खाने , राम्रो लगाउने र आराम गरेर गजवको जिन्दगी बिताउने कसलाई पो चाहना हुँदैन र ? तर लामिछानेले यि दिनहरुमा वर्ग संर्घषको लागि समय खर्चिइन् । उनै लामिछानेले लडेर ,भिडेर मृत्यु दाउमा राखेर ल्याएको व्यवस्था माथी आजभोली दुनियाँको पद ,प्रतिष्ठा पाउने अवसर सिर्जना भएको छ ।

अब हामीले देवका लामिछनोका लागि त्याग , सहयोग र समर्पण किन नगर्ने त ? उनलाई सहयोग गरेर जिताउनुको अर्थ परिर्वतन , न्याय र समानतालाई जिताउनु हो भन्ने लाग्छ । हसिया , हथौडामा मतदान गरेर हामीले देवकाको पक्षमा एक पटक न्याय गर्ने यो सुनौलो अवसरबाट बन्चित नहुन म सबैलाई आग्रह गर्दछु । मह लगाउने मौरीले मह खाना पाउदैन , तर यो पटक संघीयता ल्याउन मह लगाउने देवकाले मह पनि खाना पाउनुपर्छ भन्ने उदेश्य पुरा गर्न एक पटक जुटने समय आएको छ ।





error: Content is protected !!