अन्तरर्वार्ता ः वर्ष दिनकी छोरीलाई स्थानीयको जिम्मा लगाई जनयुद्धमा ः उपमेयरको उम्मेदवार लामिछाने

एक वर्षको छोरीलाई जाजरकाटको छिप्रेनामा स्थानीय महिला दिदीबैनीलाई जिम्मा लगायर जनयुद्वमा होमिएको देवका लामिछाने (सोभा) सल्यानको कुमाख गाउँपालिका १ मा जन्मिनु भएको हो । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्व भन्दा अगाडी २०५० सालमा जनता माध्यमिक विद्यालय रागेचौरमा मुल एकाइ समितिको सदस्य हुदै राजनीतिमा लाग्नु भएकी लामिछाने २०५३ सालमा माओवादी पार्टीको सदस्यता लिएर २०५४ सालमा अखिल नेपाल महिला संघ जाजरकोटको उपाध्यक्ष बन्नुभएको थियो ।

२०५९ सालमा जााजरकोट मोडेल जिल्लाको महिलाको जिल्लाको अध्यक्ष बन्नुभयो । २०६२ मा जनमुक्ति सेनाको कम्पनी कमिसार हुँदै बटालिनको कमिसार सम्मा पुगेकी लामिछाने २०६४ सालमा रेडियो जनआवाजमा आवद्ध हुनुभयो । हाल प्रेस सेन्टर नेपालको बरिष्ठ उपाध्यक्ष अखिल नेपाल महिला संघको कर्णालीको उपाध्यक्ष समेत हुनुभयो । उहाँलाई नै मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले नलगाड नगरपालिकाको उपप्रमुखको लागि उम्मेदवार बनाएको छ । लामिछानेसँग चुनाव तथा उहाँका राजनीतिक एजेण्डाका विषयमा केन्द्रीत भई  हेमन्त केसीले  देवका लामिछाने (सोभा) सँग गरेको कुराको सार संक्षेप ।

मंसिर १६ गते हुने चुनावमा तपाइँको उम्मेदवारी के का लागि ?
सुरुमा त , नलगाड आफैँमा यो व्यवस्था ल्याउने कुराको हिस्सेदार भूमि हो । जनयुद्व देखि शान्ति प्रक्रियामा आउदा सम्मा नलगाडको पहिचान फरक रहदै आएको छ । जुनि कम्युन सञ्चालन देखि सञ्चारको अभावमा पहिलो सहिद जाजरकोटको हुँदाहुँदै पछाडी परेको हाम्रो ठाउँ वर्ग संर्घषको भारी योगदान , पहिचान भएको ठाउँ हो । यो व्यवस्था ल्याउनका लागि नलगाडबासीले भारी मात्रामा बलिदानी गर्नुभएको छ ।

यो व्यवस्थाको हिस्सेदारका रुपमा रहेका हामी नलगाडबासीका लागि मेरो उम्मेदारीले खास न्याय गरेको मलाई अनूभुति भएको छ । हिजो व्यवस्था परिवर्तका लागि हामी महिला ज्यू, ज्यान फालेर जनताको पक्षमा लागेका सबैलाई ज्ञात नै छ । त्यसैले अब राज्यमा समेत महिलाको सहभागिता हुनुपर्ने अर्थमा मैले बुझेको छु । मंसिर १६ मा हुने उपनिर्वाचनमा परिवर्तको पक्षपाती , न्याय , समानता र बलिदानीको उच्चतम मुल्यांकन गरी मेरो उम्मेदवारी भएको हो । हिजो जनयुद्वमा जनताको आवाजहरुलाई सही ,तथ्य रुपमा सबैलाई दिने उदेश्यले बन्दुक मात्र होइन ? कलम पनि साथमा लिएर अगाडी बढीएको थियो ।

चाहे म , पत्रकार हुँदा होस वा अन्य विभागमा हुँदा होस , सधैँ न्यायका लागि वकालत मात्र होइन, जीवन र मृत्यु दाउमा राखेर अगाडी बढीएको सबैलाई थाहा नै छ । हामीले लडेर ल्याएको व्यवस्थामा हामी जस्तै धेरै महिला दिदीबैनीहरु आज व्यवस्थाको सदुपयोग गरिरहनुभएको छ । खुसी लाग्छ , अब यो पटक नलगाडमा पनि मलाई यहाँका आफन्त, दाजुभाई र आम न्यायप्रेमी नलगाडबासीले हँसिया हथाँैडामा मतदान गरेर मलाई अमुल्य मतदान गर्नुहुने छ भन्ने भरोसा छ । यही नै नलगाडका लागि न्याय हुने छ । नलगाड मात्र होइन।

सिंगो जाजरकोटबासीको मुहार बदल्न सक्ने हामीसँग नेतृत्व रहेको छ । केन्द्र देखि संमग्र जिल्लाको विकासका लागि हामीसँग भएको टिमले शान्ति प्रक्रिया यताका वर्षहरुमा भएका विकास निर्माणले नै हालको जाजरकोट पुगेको हो । शान्ति प्रक्रिया अगाडी जाजरकोटको परिचय सल्लीबजार सम्मा थियो । यातायातका साधनहरु सोही ठाउँमा पुग्थे । शान्ति प्रक्रिया पछि तीन वटा ठुला राजमार्ग , विद्युतीकरण , टेलिफोन टावर , बहुप्राविद्यिक शिक्षालय , कृषि क्षेत्रमा जिल्ला भित्र पढाई , पचास शश्याको अस्पताल , ताक्सुगाड जलविद्युत आयोजना , नलगाड जलविद्युत आयोजना कामहरु भइरहेका छन् । अझैँ भारी मात्रामा कामहरु हुँदै जाने छन् । हामी चुनावमा जितेर जनप्रतिनिधि मात्र होइन , जिल्लाको मुहार फेर्ने एउटा टिम पनि हो ।

तपाइँका चुनावी एजेण्डा ,भोट दिनुपर्ने कारण के छ ?
मुख्य कुरा त , हामीले नलगाडको संमद्धि नै पहिलो आधार हो । यो व्यवस्थालाई मैले जती चिनेको छु , त्यति अरुलाई ज्ञान भएपनि म भोगेर आएको मान्छे हुँ । पढेर आउनु र भोगेर आउनुमा धेरै फरक छ । भोग्दै , पढदै अगाडी बढदै आएका मसँग थुपै सत्य कथाहरु छन् । नलगाड नदीमा बग्ने पानी कति ठाउँमा थुनियो होला , कत्ति ठाउँमा छागाबाट खसेर आयो होला । अनि कति ठाउँमा निर्वाद रुपमा अगाडी बढेर आएको होला । यही नलगाड भन्दा धेरै हाम्रा दुखहरु भोगेर , सहेर यो व्यवस्था ल्याएर आजको दिनमा हामी पुगेका छौँ । अहिले हामी महिलाले महिलाका लागि मात्र काम गर्नुछैन ।

यहाँ धेरै कामहरु अरु पनि छन् । व्यवस्थाको सही प्रयोग गरेर सबैको न्यायको पक्षमा काम गर्नुपर्ने मुख्य कुरा छ । हामीले अगाडी सारेको थुपै कामहरु भइसकेका छन् । केही गर्न बाँकी रहेका छन् । चुनावमा एजेण्डा देखाउने ,पछि जितेपछि अनुहार तिर फर्कर नर्हेने चलनको अन्त्य गर्ने मेरो योजना छ । हरेक मानिसहरु आफ्नै खालका समस्या हुन्छन् । तिनै समस्यालाई हामीले हाम्र्रो समस्या रुपमा लिएर समाधान गरेमा मात्र सोही कुरा ठुलै एजेण्डाका रुपमा स्थापित हुन्छन् । जनताका दैनिक हुने समस्या नै हाम्रा खास एजेण्डा भएको मलाई लाग्छ । हामीले धेरै ठुला सपना बाँडेर काम छैन । हाम्रो हैसियात र सामथ्र्य अनुसारको बास्तविक कुरा बाँडने हो । मेरो योजना पनि त्यही छ ।

पटक , पटक माओवादीले जितिरहेको छ , यो पटक गठनन्धन छैन जितिएला त ?
सवाल गठबन्धनको होइन, नीति र कामको हो । जहाँ सम्मा लाग्छ , हामीले नलगाडबासीलाई न्याय नै गरेको जस्तो लाग्छ । देश नै हाम्रो एजेण्डामा चलिरहेको समयमा नलगाडको कुरा अलग राख्न सकिएला र ? हामीले बनाएको नीति , निकाय र कानुनले गर्दा नै हाल यो उपप्रमुख पदको लागि उम्मेदवार बन्ने हैसियात राखेको हुँ । नत्र संघीयता अघि महिलाहरुले राज्यको नीति निकाय गर्ने ठाउँमा कमै मात्र नेतृत्व गरिरहनुभएको थियो । अहिले जस्तो बोल्न , भन्न नपाइने व्यवस्थामा हामी महिलाको हैसियात के थियो होला तपाई अनुमान लगाउनुहोस त ।

आज महिलाको मात्र अधिकार होइन , पछाडी पारिएका सबैको अधिकार यही व्यवस्थाबाट प्राप्त भएको हो । जसको म र हामी हिस्सेदार हो । भोको भेट , खाली खुट्दा हिडेर वर्ग संर्घषको मैदानबाट हामीले यो व्यवस्था परिवर्तन गरेर हालको अवस्थामा आएको अवगत नै छ । म अहिले अन्य दलबाट उठनुभएकी उम्मेदवार र दललाई केही भन्दिन । किनभने सबैका केही न केही विरासत हुन्छन् । तर म यो व्यवस्थाको सिपाई भएकाले अरु भन्दा बढी हिसाव मैले खोज्नुपर्ने सोभाविक नै हो । जाजरकोट भन्न वित्तिकै हिजोका दिनमा सिंहदरबारले कान चनाखो बनाएर ठन्डा दिमागले सोच्ने गथ्यो । ९० प्रतिशत भाग हामीले समानताका लागि लडिएको लडाँइका पक्षमा थियो । त्यसमा हामी महिलाहरुले पनि पुरुष बराबरकै जिम्मेवारी बहन गरेर व्यवस्थाका लागि योगदान गरेका छौँ ।





error: Content is protected !!