सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरको मुल द्वारमै महिला पुजारी झुण्डिएको अबस्थामा फेला

सुर्खेत ः प्रसिद्ध देउती बज्यै मन्दिरको मूल ढोकामा महिला पुजारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, बस्ने अन्दाजी ५० वर्षीय सरस्वती राजी सलको पासो लगाएर मन्दिरको मूल ढोकामा मृत भेटिएकी हुन् ।

उनी त्यहाँको महिला पुजारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अहिले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘हाम्रो सुब्बाकुना प्रहरी टोलीले आज बिहानै खबर भएको रहेछ, अहिले जिल्लाबाट पनि थप प्रहरी खटाएका छौँ,’ उनले भने, ‘घटनास्थल सुरक्षित राखेका छौँ । अनुसन्धान भइरहेको छ ।’

मन्दिरमा घटना घटेपश्चात पूजाआजा बन्द गरिएको छ ।देउती बज्यैमा हरेक दिन बिहान दैनिक ५ सय भन्दा बढी भक्तजनहरूले पूजाआजा गर्ने गर्दछन् । स्रोत ः रातोपाटी




सम्बन्धित समाचार


error: Content is protected !!