जिप दुर्घटना हुँदा पाँचको मृत्यु

बागलुङ ः बागलुङको जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदैगरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ग २ च ९२४७ नम्बरको जिप जैमिनी –७ जैदीको व्यार्थलानजिक हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । मृतकको पहिचान खुलिसकेको छैन ।

जिपमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एक जनाको जीवितै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । घाइतेलाई उद्धार गरी धौलागिरि अस्पतालमा ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । स्रोत ः गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!