मृतक छ जनाको सनाखत ः घाइतेको हेलिलकोप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत , २५ कात्तिक ः कालीकोटको पलाता गाउँपालिका ३ राडूनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्वरको जिप दुर्घटना हुँदा घाइते भएकालाई सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट घाइते सात जनालाई सुर्खेत ल्याइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुर्यमणी गौतमले जानकारी दिए । अन्य घाइतेलाई अस्पतालमा छिटो भन्दा छिटो ल्याउनका लागि हेलिकोप्टर पून पठाएको उनले जानकारी दिए ।
कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले दिएको जानकारी अनुसार जीपमा सवार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अन्य १३ जना घाइते भएका छन् । मृतकहरुमा पलाता गाउँपालिका ५ का पदम वम , छाया शाही , वडा नम्वर ३ की दमन रोकाय , वडा नम्वर ६ की कुशलकला शाही , भगवती रोकाय र गणेश शाहीको पुष्टि भएको छ । त्यस्तै गम्भिर घाइतेहरुमा कालिकोट पलाता ६ बस्ने बर्ष नखुलेको केशब थापा गम्भिर रहेको छ । बिजय थापा , रिदम शाही ,प्रतिक्षा शाही , आशिष रोकाया , भुपेन्द्र रोकाया अवस्था गम्भिर रहेको छ । त्यस्तै वडा नम्वर ३ का दान बहादुर रोकाया , निर्मला रोकाया , जगत रोकाया , ठेगाना नखुलेका चालक धनिराम रावत र पलाता गाउँपालिका ५ दोलि बिक रआयुशा बि।क। अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



