सुर्खेतमा बढी यात्रु राख्ने बसहरूलाई प्रहरीको कडा कारबाही, १५ वटा बस सुब्बाकुनामा रोकिए

सुर्खेत ः सुर्खेतबाट काठमाडौँ जाने रात्रीकालिन बसमा निर्धारित सिट क्षमता भन्दा बढी यात्रु राखेको भन्दै प्रहरीले १५ वटा बस वीरेन्द्रनगरस्थित सुब्बाकुनामा रोकेको छ । रात्रीकालिन बसमा सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाइएपछि सुब्बाकुनामा १५ वटा बस रोकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनले यात्रुहरूको सुरक्षाका लागि बस समितिका मान्छेलाई अर्को बसको व्यवस्थापन गर्न आग्रह गरेको बताए । उपरीक्षक खड्काले अर्को बसको व्यवस्था नगरेसम्म कुनै पनि रात्रीकालिन बसलाई छोड्न नदिने निर्णय गरेको बताए ।
‘हामीले बस समितिका प्रतिनिधिहरूसँग संवाद गरेका छौँ र यात्रुहरूको सुरक्षाका लागि तुरुन्तै अर्को बसको व्यवस्थापन गर्न अनुरोध गरेका छौँ,’ उनले भने ।



