कर्णालीमा विद्युत अवरुद्ध हुने

सुर्खेत , १९ असोज ः दशैँ , तिहारमा विश्वसनिय बत्ती उपलब्ध गराउन कोहलपुर देखि रामघाट सम्मा ३३ केभीको लाइन बन्द गरिएको छ ।
शनिबार ७ ः ३० देखि अपरान्ह ३ बजे सम्मा बुस कटिंङ गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत प्राद्यिकरण सुर्खेत वितरण केन्द्रले जानकारी गराएको छ । मर्मत कार्य जारी रहदा सम्मा कर्णालीको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
प्रशारण लाइन वरिपरिका रुखहरु काट्नुपर्ने भएकाले लाइन बन्द गर्नुपरेको हो । यो लाइन बन्द भएपछि कोहलपुरबाट कर्णालीमा वितरण भएको सबै विद्युत सेवा ठप्प हुने गर्दछ । १३२ केभी प्रशारण लाइन निर्माण कार्य पुरा नभएका कारण अहिले ३३ केभी प्रशारण लाइनबाट कर्णालीमा विद्युत सेवा आपुर्ती हुँदै आएको छ ।










