कर्णालीबाट प्रचण्डले दिए ठुला दुई दललाई धन्यवाद

हेमन्त केसी
सुर्खेत ः ठुला दुई दल मिलेर सरकार बनाएकोमा कर्णालीबाट नेकपा नेकपा (माओवादी केन्द्र)ले धन्यवाद दिएको छ । सत्तामा बसेर जनतासामु फर्कीने अवसर नपाएको माओवादीले जनता सम्म जाने अवसर दिलाएको ठुला दुई दललाई धन्यवाद दिएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइ दिन सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको प्रदेश मरामर्श बैठकमा बोल्दै ठुला दुई दललाई धन्यवाद दिएका हुन् ।

बैठकमा सहभागी मध्य ६५ जना प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यले पार्टी निर्माण तथा आगामी बाटोको विषयमा आफ्ना भनाई राखेका थिए । अधिकांशले उपमहासचिव जर्नादन शर्माले बैठकमा राखेको फरक मतका विषयमा जिज्ञासा राखेका थिए । पार्टी निर्माण फरक मतबाट नभई सबै खालका माओवादी एक भएर अगाडी बढे मात्र जनताको माओवादी हुने धारणा राखेका थिए । माओवादीका शिर्ष अधिकांश नेताहरु सुर्खेतको उक्त वैठकमा सहभागी भएका थिए । नेता शर्माले आफ्नो फरक मत नभई साथीहरुले मौखिक राख्नुभयो , मैले लिखित आफ्ना कुरा राखे भन्दै सबैको सामुमा भनाई राखेका थिए ।

ठुला होटल तथा सभाकक्षमा बैठक गर्दै आएको माओवादीले यो पटक सुर्खेतको सिद्धार्थ सहकारीको हलमा गर्मीले पसिना चुहाउदै बैठक गरेको थियो । यसी समेत नचल्ने उक्त सभाहलमा पसिना चुहाउदै वैठकमा नेता तथा कार्यक्रताहरु सहभागी भएका थिए । उपमहासचिव शर्माको टिमले कर्णालीमा छुट्टै प्रस्ताव ल्याउने र विवाद बढने अनुमान गरिएको भएपनि बैठकमा एकताबद्ध भएर जानुपर्ने देखि अध्यक्ष प्रचण्डलाई नै बलियो बनाएर जानुपर्नेमा सबै एकजुट भएको बैठकमा सहभागी केन्द्रीय सदस्य प्रभात चलाउनेले बताए ।

प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्या मात्र सहभागी बैठकमा अहिलेको राजनीतिक कोष तथा भोली हुन सक्ने सम्भावित विषय बस्तु माथी भारी छलफल भएको उनले बताए । गुट ,उपगुटबाट पार्टी चलल्ने भन्दै यो भन्दा अगाडी पार्टी फुट्दा भोगेको समस्या र कम्जोर हुदा विपक्षले गरेको व्यवहारबाट हामीले धेरै कुरा सिक्नुपर्ने सहभागीले जोड दिएका थिए । सत्ता भन्दा पनि जनताको माझमा गएर काम गर्नुपर्नेमा माओवादीको जोड रहेको थियो । भ्रष्टहरुलाई कारबाही गर्न खोज्दा सरकार ढालिएको भन्दै आवश्यकता परे सदन , सडकबाट पनि भ्रष्टहरुको विरोध गर्नुपर्ने बैठकको निष्कर्स रहेको थियो ।

पार्टी निर्माण र सरकारमा हुँदा सरकारका मन्त्रीहरुको व्यवहार , फोन रिसिभ नगर्ने परिपार्टी अन्त्य गर्नुपर्ने कुराले समेत विषय पाएको थियो ।





error: Content is protected !!