सामाजिक विकास कार्यालयद्वारा पचहत्तर गुणस्तरीय भौतिक संरचना

जाजरकोट ः सामाजिक विकास कार्यालय जाजरकोटले ७५ वटा गुणस्तरीय भौतिक संरचना (विद्यालय निर्माण) गरेको छ ।
जिल्लाका सातै वटा स्थानीय तहमा आवश्यकताका आधारमा भौतिक संरचना निर्माण गरेको कार्यालय प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिनुभयो । प्रदेश सरकारको माताहातमा रहेको उक्त कार्यालयले शिक्षा ,खेलकुद तथा अन्य सामाजिका कामहरु हेर्दै आएको छ । त्यस्तै विद्यालयमा सुविधा सम्पन्न छ वटा शौचालय निर्माण गरिएको छ ।
बयालिस वटा शैक्षिक संस्थाहरुमा फिल्ड तथा घेरावार निर्माण भएको खत्रीले जानकारी दिनुभयो । तीन वटा विद्यालयहरुका लागि आइसिटी ल्याप स्थापना गरिएको छ । छोरीबुहारी, उच्च शिक्षा दलित र अपाङ्ग छात्रवृत्ति कार्यक्रम मार्फत जिल्ला भरीका १२५ जनालाई छात्रबृद्धि उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला भरीमा ४०१ वटा अस्थायी सिकाइ केन्द्र भाग १ , अन्य ६१ वटा अस्थायी सिकाई केन्द्र भाग २ निर्माण गरिएको छ । भूकम्पबाट शैक्षिक संस्था सञ्चालन गर्न मुस्किल भएका ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गरिएको थियो ।



