खोलाले पुल भत्काउदा विद्यालय बन्द

बीरेन्द्रनगर (सुर्खेत), १० भदौ ः जाजरकोटको शिवालय गाउँपालिका ६ स्थित खडकदेबी माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय जान नपाएको ७ दिन वितेको छ । विद्यालयमा जाने र आउने बीचमा बाटोमा रहेको खोलाले पुलमा क्षती बनाएपछि विद्यालय बन्द भएको हो ।

विद्यालयमा विद्यार्थीहरु आउने अरु बैकल्पिक बाटो नहुँदा विद्यालय बन्द गर्नुपरेको विद्यालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भिउसखोला रहेको ट्रस ब्रिज पुलको एक भाग पुरै भत्किएपछि समस्य आएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए । होचो ठाउँ भएका कारण सामान्य मर्मत गरेर काम चल्ने नहुँदा भरपर्दो र दिगो बनाउनका लागि विकास साझेदार निकायसँग समन्वय गरेर पुल निर्माण गर्न लागिएको उनले बताए । अहिले काठ हालेर पुलको रुपमा प्रयोग गरि आवतजावत गर्ने सम्मको काम मात्र गर्न लागिएको उनले बताए ।

गाउँपालिकाले २ लाख ५० हजार सम्म काठको पुलमा खर्च गर्ने र अन्य विकास साझेदारसँग मिलेर काम गर्नुपर्ने अवस्था भएकाले सम्पर्क भइरहेको उनको भनाई रहेको छ । हप्ता दिन देखि विद्यार्थीको पढाई देखि सर्वसाधारणको आवतजावत नै बन्द भएको अखिल (क्रान्तिकारी ) जाजरकोटका अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए । जताततै विद्यालय खुलेपनि पुलकै कारण विद्यालय बन्द गर्न नहुने उनको भनाइ रहेको छ ।

सिंगो पालिकाले एउटा पुल हप्ता दिन सम्म निर्माण गर्न नसक्नु लाजमर्दो भएको उनको भनाई रहेको छ । मावि तहकै पढाई तथा स्थानीयबासीलाई आवतजावतमै समस्य आउनु दुखद भएको उनको भनाई रहेको छ । गाउँलेहरुले पुल निर्माण गर्न पालिकालाई पटक पटक अनुरोध गरेपनि पालिकाले सुनुवाई नगरेको स्थानीयबासीको भनाई रहेको छ ।





error: Content is protected !!