६ किलो २४ ग्राम कोकिनसहित एक जना पक्राउ

काठमाडौं ः अवैध लागूऔषध कोकिन ६ किलो २४ ग्राम सहित लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा निजको साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको कोकिन फेला पारी पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!