युवा नेता आचार्यले बंगलादेशमा निर्वाचित सरकारको पतन हुनुका कारण ११ बुद्धामा

काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यको नजरमा ११ बुद्धा महत्वपूर्ण रहेका छन।
१. विश्व शक्ति संघर्षको परिणाम
२. गत जनवरीमा भएको चुनाव अघि अमेरिकी राजदूत द्वारा शेख हसिनासँग सेन्ट मार्टिन टापु अमेरिकी नौसेनाको लागि दिन माग । यो गरेवापत चुनावमा सहयोग गर्ने वाचा । हसिनाद्वारा अस्विकार ।
३. “बाल्कनाइजेसन” षड्यन्त्र (Plot) : बंगलादेशको चट्टोगाँउ पहाडी क्षेत्र, म्यानमारको कुकि चिन प्रान्त ( इसाई बहुल क्षेत्र ) र भारतको मणिपुर- मिजरोम इलाका समेटिएको “पूर्वी टिमोर ” जस्तो अलग्गै देश बनाउने योजना !
४. बंगलादेशको भारतसँग सुमधुर सम्बन्ध । चीन र रुससँग आर्थिक सहकार्यको प्रस्ताव ।
५. म्यानमार र बंगलादेशको सरकार विरुद्ध लडिरहेकाहरुलाई अमेरिकी सहयोग ।
६. नोबेल पुरस्कार दिइएका युसुफको नेतृत्वमा अन्तरिम सरकार गठन तयारी ( नोबेल पुरस्कार कसले, कसलाई , किन दिइन्छ थाहै छ ) ।
७. तख्तापलट ढाकामा , ज्वरो दिल्लीमा !
८. एक्काइसौं शताब्दी एशियाली शताब्दी बन्दै गर्दाका चुनौतीहरु ।
९. आगामी दिनहरु दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा संकट गहिरो हुन सक्छ । जसको सिधा असर नेपालमा पर्ने छ । ( पश्चिम एशिया उसै संकटमा छ )
१०. यस क्षेत्रमा रुस, चीन र भारतको सहकार्य हुन सक्छ ।
११. छ महिनाभित्र नेपालमा अर्को सरकार गठन भएमा कुनै अनौठो हुने छैन ! राष्ट्रिय स्वाधीनता जब शक्ति राष्ट्रहरुको दाउमा हुन्छ !?










