एकाइस वर्ष सम्मा एकाइस किलोमिटरमा सडक ,सुधार भएन पैदल हिडने अवस्था समेत नहुँदा लुम्बिनी रारा सडकमा विजोग
हेमन्त केसी
सुर्खेत , २३ साउन ः नेपालमा संघीयता लागु नहुँदै सुरु भएको जाजरकोट खलंगा – पाँचकाटिया सडकमा हाल सम्म स्टेशचरमा बिरामी सदरमुकाम पुर्याउने अवस्था छैन । यही सडकलाई संघीयता पछि लुम्विनी – रारा राजमार्गको नामबाट परिचित गराएको छ । वर्षाको कुरै छोडम , हिउद याममा समेत यातायातका साधनहरु चल्न मुस्किल हुने यो सडक , हाल सडक डिभिजन चौरजहारीको मताहातमा रहेको छ । पटक , पटक ठेक्का लाग्ने तर काम भने जहाँको तही रहने यो राजमार्ग नामको मात्र चर्चित बन्न पुगेको छ ।
तत्कालिन जिल्ला विकास समिति देखि हाल संघीय सरकारले भारी मात्रामा लगानी गरेको यो राजमार्गमा हाल स्थानीयबासीलाई पैदल हिडन समेत गाह्रो हुँदै आएको छ । कुशे गाउँपालिका दम्दालाका बुद्धी ओलीले लथालिङ्ग अवस्था देखेर चुनाव आउन अब तीन वर्ष मात्र बाँकी रहेकोले सो समयमा फेरी चुनावी मुद्धा बन्ने छ भन्दै आक्रोष पोखेका छन् । उनले भने , ‘बत्तिको पोल ढलेको २ महिना बित्यो (जाजरकोट–कुशे ,दम्दाला) विद्युत कार्यालयलाई थाहा छैन ।’
उनले थपेका छन् , ‘ १५ बर्ष देखी नबगाएको खोलाको ग्याबिन जालि ठेकेदारले खोलाको ढुङ्गा बालुवा निकाल्यो (लुम्विनि–रारा सडकको रिसाङ खोला) , सबै जाली बग्यो ? न प्रशासनलाई थाहा छ, न सडक बिभागलाई थाहा छ, न पत्रकार लाई थाहा छ । नेतालाई थाहा हुने कुरै भएन किनकि चुनाब प्रचार गर्न जानेबेला भाकै छैन , चुनाब सकिएको २ बर्ष भै सक्यो । चुनाव आउन अझै ३ बर्ष बाँकी नै छ, ठेकेदार यि माथिका सबैलाई चलाउने डन पो पर्यो किन बनाउला सडक ? जनता बीचरा उकालो हिन्दा हिन्दै बाटैमा सास रोकेर प्राण त्याकी रहेका छन । ’
उनले हप्ता दिन अघि मात्र स्चेटरमा बिरामी राखेर लिने बाटो नहुँदा घरमै एक जनाको मृत्यु भयो भन्दै पीडा पोखेका छन् । वली जस्तै पीडा पोख्नेहरुको ठुलै संख्य रहेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य धुर्व आचार्यले जनताको पीडा बुझने कोही नभएको भन्दै आक्रोष पोखेका छन् । आचार्यले सामाजिक सञ्चालमा भेरी नगरपालिका–२ कोटखोलामा पहिरोका कारण तीन दिन देखि अवरुद्ध भएको सडकको तस्बिर सामाजिक सञ्जालमा राख्दै सदरमुकाम भित्रैको अबस्थामा यस्तो छ । जाजरकोट खलंगा देखि पचकाटिया सडक खण्डको खलङ्गा नजिकै कोटखोलामा गएको पहिरोले दुइ दिन देखि बाटो अबरुद्ध छ । दृढ इच्छा शक्तिका साथ काम गर्ने हो भने १ घण्टामा सडक खुल्छ ,सम्बन्धित निकायको किन ध्यान पुकेको छैन ? तत्काल सडक मर्मत गरी सडक सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउछु भन्दै सुझाव दिएका छन् ।
२१ वर्ष भन्दा लामो समय सम्म २१ किलोमिटर सडक सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका राजनीतिज्ञ देखि अन्य सरोकारवाला निकायको काम गर्ने तरिकामै प्रश्न उठेको छ । यही राजमार्ग भएर कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र जाने र आउने गरिन्छ । भेरी नगरपालिका र कुशे गाउँपालिकाको भागमा यो राजमार्गको मुख्य भाग पर्दछ । ठेक्का लागेपनि समयमै काम नहुँदा र भएको काम समेत गुणस्तर नहुँदा दैनिक यस क्षेत्रका नागरिकले हैरानी खेप्दै आएका छन् ।
जाजरकोट संघीयता यत्ताका वर्षहरुमा मन्त्री नछुटने जिल्लामा पर्दछ । प्रदेश वा संघमा सधै मन्त्री मात्र पाउने जिल्ला जाजरकोट हो । तर यहाँ निर्माणको काम हेर्दा पीडा बोध भएर आउने गरेको एस का केन्द्रीय सदस्य कमानबहादुर खडकाले बताए । आफैँ जनप्रतिनिधि आफैँ निर्माण व्यवसायी देखि नेताहरुले चन्दाबाट चुनाव लडदा निर्माण व्यवसायीले विकास निर्माणको काममा ढिला सुस्ती गरेको उनको भनाई रहेको छ । चालु आबमा समेत यो राजमार्गमा बजेट तोकिएको छैन ।