पाँच वर्ष पछि खुलेको नाकाको कथा ः नेपाल र चीनमा सिमानामा हिम मानवले जृुम्लाका लामालाई बेपत्ता बनायो
डोल्पा ः डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको मोरिम्ला नाका हुँदै पुगिने चिनिँया क्षेत्रमा एउटा अनौठो घटना घटेको छ । गत १८ गते घटेको घटना आइतबारमात्रै सार्वजानिक भएको हो ।
लुकिछिपि चिनियाँ क्षेत्रमा प्रवेश गर्न खोजेका दुइ जना मध्ये एक जनालाइ हिँउ मान्छेले लिएको र अर्को एक जनालाई चिनिँया प्रहरीले समातेको कुरा आफन्त मार्फत जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जुम्ला गोठिचौर गाउँपालिका वडा नं १ बस्ने शिक्षक गणेश लामा र डोल्पाको जगदुल्ला गाउँपालिका बस्ने सिँहबहादुर महतारा लुकिछिपि चिनियाँ ब्यापारिक क्षेत्रमा प्रवेश गर्ने क्रममा चिनिँया क्षेत्रमा लामालाई हेर्दाहेर्दै बन मान्छे जस्तो मान्छेले समातेर लगेको र आफु भाग्ने क्रममा चिनियाँ प्रहरीले समातेको खबर आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले बताए ।
चिनियाँ प्रहरीले समातेका महताराका आफन्त मार्फत यो घटना आएको हो,यो घटना कति सत्य हो त्यो पुष्टि गर्न सकिएको छैन्,हामिले घटनाका बिषयमा अनुसन्धान गरिरहेका छौँ,लामाका परिवार पनि जुम्लाबाट खोजिनिति गर्न आउन थालेको खबर प्राप्त भएको छ डिएसपी केसीले भने । महताराका आफन्तले खोजिनितिको लागि जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन समेत दिएको डिएसपी केसीले बताए ।
प्रहरीका अनुसार चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका महतारालाई चिनियाँ क्षेत्रमा पुगेका आफन्तलाइ बुझाइ सकेको छ ।
जुम्लाबाट लामाका आफन्त आएपछि आधिकारीक काजगपत्र बनाएर खोजिनितिका लागि प्रहरीले समन्वय गर्ने कुरा भइरहेको डिएसपी केसीले बताए । विगत छ बर्ष देखि नखुलेको उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाका १७ साउनबाट १५ दिनकालागि खुला गरिएको छ भने अहिले चिनिँया क्षेत्रमा ब्यापारिक मेला लागिरहेको छ ।
त्यसकालागि जिल्लाभरीबाट ब्यापारी तथा सर्वसाधारणहरु किनमेलकालागि चिनिँया क्षेत्रमा पुगेकाछन् ।चिनिँया क्षेत्र पुग्नेमा उपल्लो डोल्पाका सर्वसाधारणहरु धेरै रहेकाछन् ।नाका सुरक्षाकालागि नेपाल प्रहरी,शसस्त्र प्रहरीको टोली दुइ साता देखि उपल्लो डोल्पामै रहेको छ ।