कर्णालीमा कांग्रेसले मन्त्रीको नाम टंगो लगायो

सुर्खेत / कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहका अनुसार धनश्याम भण्डारी सामाजिक विकासमन्त्री , आर्थिक मामिला तथा योजनामन्त्रीमा राजिवविक्रम शाह , सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री , विजया बुढा जलस्रोत तथा उर्जा विकासमन्त्रीमा सिफारिस गरिएको हो ।

आजै नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!