प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायली सैनिक पक्राउ

प्यालेस्टाइन ः हिरासत शिविरमा प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायलको सेनाले सैनिकहरुमाथि अनुसन्धान सुरु गरेको छ ।

नौ जना इजरायली सेनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले शिविरमा राखिएको प्यालेस्टिनी बन्दीमाथि दुर्व्यवहार हुँदा यौनाङ्गमा गहिरो चोट लागेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

फिजिशियन्स फर ह्युमन राइट्स–इजरायलका अनुसार इजरायली सेनाले मानवअधिकारको उल्लङ्घन गरेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल





error: Content is protected !!