च्याउपानीका स्थानीयलाई सुरक्षित स्थानमा पारियो

सर्खुेत , २५ असार ः भूकम्पबाट क्षतविच्छेद भएको जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयबासीलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरीको सहयोगमा च्याउपानीका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय ,जाजरकोटका प्रहरी सहायक निरीक्षक बीरबहादुर थापाले बताउनुभयो । भेरी नगरपालिका– १ च्याउपानीमा गत कात्तिक १७ गते रामीडाडाँ केन्द्र विन्दु भएर गएको भूकम्पबाट जोखिमपूर्ण सूचीमा समेत रहेको थियो ।

पहिरोको उच्च जोखिममा रहेका ११ घरपरीवार मध्य ६ घर परिवारलाई वडा पालिका र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयको सहयोगमा भेरी नगरपालिका–१ मेदेगाउँको खुल्ला चौरमा बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दिपक रानाले बताउनुभयो । अन्य ४ घरपरिवारलाई आफन्तको बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष रानाले बताउनुभयो । त्यस्तै चार दिन देखि अवरुद्ध भएको लुम्विनी – रारा राजमार्ग अन्तरर्गत जाजरकोटकोटको भेरी नगरपालिका–२ बिभिन्न ठाउँमा परिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक खुलाउनका लागि कुनै पहल नभएको स्थानीयबासी पुष्प ओलीले बताउनुभयो ।





error: Content is protected !!