राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ ः ‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!