प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको चौथो अधिवेशनको ३३ औँ बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८० पेश गर्ने रहेको छ ।

महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। स्रोत ः रातोपाटी

y3pymo4c6haf1var




सम्बन्धित समाचार


error: Content is protected !!