क्रान्तिकारी कम्युनिष्ट पार्टीले योजनामा कमिसन लिएको भन्दै प्रशासनलाई बुझायो ज्ञापनपत्र

जाजरकोट ः क्रान्तिकारी कम्युनिष्ट पार्टीले जिल्लाका विकासे कार्यालयले योजनाहरुबाट १० प्रतिशतका हिसावले कमिसन उठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्लाका विकासे कार्यालय उपभोक्ताबाट तोकेरै १० प्रतिशतका हिसावले रकम असुलेको पार्टीको आरोप छ । हरेक योजनाबाट कमिसन लिएर उपभोक्तालाई हैरान बनाएको सो पार्टीको दाबी रहेको छ । आवश्यक परे आफूहरुसँग भएको प्रमाण समेत उपलब्ध गराइने भन्दै पाटर्छीले तत्काल यस्ता गलत काम राक्न आग्रह समेत गरेको छ ।





error: Content is protected !!