कोशी ब्यारेजका ४६ ढोका खोलिए

काठमाडौं ः पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोशी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ। आज आइतबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ।
शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए। यादवका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो। अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ।
सप्तकोसी चतरा जल मापन केन्द्रले शनिवार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ।
जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो।



