यो साता प्रतितोला २६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ ः यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म तोलामा २ हजार ६०० रुपैयाँको वृद्धि भएको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ कायम छ । यस्तै यो साता चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ ।
गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ९० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ८० रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।