रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हदा दुई घाइते

रुकुमपश्चिम ः रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घाइते हुनेमा मुसीकोट नगरपालिका –२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर –५ निवासी ४० बर्षीय हरिचन्द्र केसी रहनु भएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातिमा चोट लागेको प्रहरीको भनाइ छ ।

सेरीगाउँस्थित विद्युत कार्यालयनजिक मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।





error: Content is protected !!