कर्णालीमा दुइ जलविद्युत आयोजना निर्माण गरिने
काँर्केविहार (सुर्खेत), १५ जेठ ः आगामी २०८१÷८२ को बजेट भाषण मार्फत कर्णालीमा रहेका दुइ जलविद्युत आयोजना निर्माण गरिने अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो । उहाँले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट डोल्पा , ४१७ मेगावाट जाजरकोटलाई निर्माण गरिने बताउनुभयो । त्यस्तै कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइन , भेरी करिडोरमा ४०० केभी प्रशारण लाइन निर्माण गरिने अर्थमन्त्री बजेट भाषण मार्फत जानकारी दिनुभयो । सुर्खेत र जुम्लामा सञ्चालनमा रहेका विमानस्थलको स्तरोउन्नती गरिने उहाँले बताउनुभयो ।