सिरोहियालाई तीन दिन हिरासतमा राख्‍न अदालतको अनुमति

काठमाडौं ः धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ। मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार अदालत पेस गरिएको थियो।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी डम्मरप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!