श्रम मन्त्रीसँग डेढ सय तोला सुन, करोडौंको जग्गा र शेयर

काठमाडौं ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग १ सय ५० तोला सुन रहेको छ। सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्यालसँग चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ। उनको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं मूल्य बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ।

काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका ती जग्गा व्यापार र निजी कमाइबाट झण्डै साढे ५ करोड रुपैयाँमा खरिद गरिएको हो।

श्रीमती र उनका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।

उनले आफ्नो नाममा मेगा बैंकको १० हजार, बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार र जनसागर सहकारीको १० हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

श्रीमती अम्बिकाको नाममा सुवर्णभूमि सहकारीको एक हजार र संयम सहकारीको २ हजार कित्ता शेयर रहेको उल्लेख गरिएको छ।

दुई करोड २३ लाख रुपैयाँमा खरिद गरिएका स्वयम्भू स्टार व्याङक्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिङ्क रेमिट र एपीए ह्याण्डीक्राफ्टस पनि रहेको विवरणमा उल्लेख छ। स्रोत ः थाहाखबर




सम्बन्धित समाचार


error: Content is protected !!