सुर्खेतको कटकुवामा मिनिबस दुर्घटनाः दुई जनाको मृत्यु, थप विवरण आउँदै

सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनि बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै बाँकी बसमा सवारहरु घाइते भएको र उनीहरुको उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

‘बसमा १५ जना भन्दा बढी भएको अनुमान भइरहेको छ, हामी घाइतेलाई उद्दार गर्दै अस्पताल पुर्याइरहेका छौँ,’उनले भने, ‘मृतकको पहिचान खुलेको छैन भने घाइतेहरुको विवरण संकलन भइसकेको छैन ।’

घाइतेहरुलाई उद्दार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको छ । बस दैलेखको दुल्लू नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको थियो । स्रोत ः नेपालीरैबार




सम्बन्धित समाचार


error: Content is protected !!