टिओआरमा सहमति नजुट्दा राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ः सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर (कार्यादेश)का सन्दर्भमा दलहरूबीच सहमति जुट्न सकेको छैन। आज बिहानैदेखि कार्यदल छलफलमा जुटेको भए पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख गर्नेरनगर्नेबारे सत्तारूढ र प्रतिपक्षी दलहरू सहमतिमा पुग्न नसकेका हुन्।

कार्यादेशमा सहमति नजुटेकै कारण संसद् बन्धक बनेको छ। आजका लागि बोलाइएको राष्ट्रियसभाको भोलिसम्मका लागि स्थगित भएको छ। त्यस्तै, दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि अनिश्चित बनेको छ।

दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रियसभा यसअघि बैठक ३ः १५ का लागि सारिएको थियो। तर दलहरू बीचको विमतिकै कारण राष्ट्रियसभा समेत बस्न नसकेको हो। राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ः१५ मा बोलाइएको छ भने बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा पनि दिउँसो २ बजेलाई सारिएकोमा अझै सुरु हुन सकेको छैन। प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेविरुद्ध सहकारी प्रकरणमा छानबिन हुनुपर्ने माग राख्दै प्रतिनिधिसभासँगै राष्ट्रियसभामा समेत अवरोध गर्दै आएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!