संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा

काठमाडौँ ः प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बैठकले विपक्षी दलहरूबिच साझा धारणा बनाउनेछ । सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ ।





error: Content is protected !!