मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं ः भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो।​ होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन्। होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ। एजेन्सी




सम्बन्धित समाचार


error: Content is protected !!