यार्सा संकलन गर्न पुगेका एक जनाको मृत्यु

सुर्खेत , २५ वैशाख ः डोल्पामा अवैध रुपमा यार्सागुम्बा संकलन गर्न पुगेका एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–१ को कागमरा यार्सागुम्वा पाटनमा लुकिछिपी अवैध रुपमा यार्सागुम्बा संकलन गर्न जाने क्रममा रोल्पाको थवाङ गाउँपालिका–१ का २६ वर्षीय हिक्मत विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । यार्सा पाटन जाँदै गर्दा हाइ अल्टीच्युटको समस्याका कारण लेख लागेपछि बीमार परेका विकको उपचारको लागि काइगाउ स्वास्थ्य चौकीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक हरी कृष्ण केसीले बताए ।

मृतक विकको शब जुम्लामा पोस्ट मार्टम गराएर उनी सगै आएका उनका साथी बादल विक मार्फत उनको परिवारलाई बुझाईएको छ ।

यो वर्ष डोल्पाका सम्पूर्ण यार्चापाटन हरु जेठको १० गते देखि खुल्दै छन् । यसरी यार्चा संकलन गर्ने समय अगाडि नै लुकिछिपी यार्चा चोर्न डोल्पाका विभिन्न पाटनमा पुगेका छिमेकी जिल्ला र जिल्ला भित्रका ६३ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ समेत गरिसकेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!