मोटरसाइकल ग्यारेजमा भीषण आगलागी, लाखौँको क्षति

सुर्खेत ः दैलेख सदरमुकाममा रहेको एउटा मोटरसाइकल ग्यारेज र फेन्सी स्टोरमा भीषण आगलागी भएको छ । दैलेख प्रहरीका अनुसार नारायण नगरपालिका –१ स्थित साजन अटो पार्ट्समा आगलागी भएको हो । ग्यारेजबाट नजिकैको फेन्सी पसलमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आगलागीबाट ठुलो क्षति भएको जनाएको छ । दुई पसलको गरी लाखौँको क्षति भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई बताए ।

उनले आगो अहिले नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताए । यद्यपि आगो कसरी लाग्यो भन्ने विषय अहिलेसम्म जानकारी हुन सकेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!