दोस्रो पटक अनूभव संगालेको मन्त्री पायो डोल्पाले

सुर्खेत ः उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएर अनुभव संगालेका डोल्पाका बीरबहादुर शाहीलाई यो पटक सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । अनुभव प्राप्त शाही डोल्पाको विकास ,संमृद्धिका लागि भारी मात्रामा खटिएका व्यक्ति हुन् ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट डोल्पा सडक निर्माण गर्दा महत्वपूर्ण योगदानका साथै माथिल्लो डोल्पामा नुन ,खाद्यान्न लगाएतका बस्तुहरु ढुवानी गरेर जनताको मन जितेको शाही बजेट निर्माणको पूर्वसन्धयामा मन्त्री हुँदा अपेक्षा भारी बढेको छ । जगदुल्ला जलविद्युत आयोजना , उपल्लो डोल्पामा सडकको निर्माण गर्न दिइएको चासो देखि जनजिविकाको सवालमा खरो उत्रिने शाहीले सामाजिक विकास मन्त्रालय हातमा परेको छ । पढेर र परेर काम गर्दै आएका शाही डोल्पा देखि डोल्पा सडक निर्माणका सुत्रधारका रुपमा समेत रहेका छन् ।

भेरी करिडोर , माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापनामा गर्न भारी मात्रामा संर्घष गरिरहेका शाही अब आफैँ मन्त्री भएपछि संघीय सरकारलाई दबाब दिन झन सजिलो भएको छ । माओवादी आन्दोलनको बलियो खम्काका रुपमा स्थापित शाही डोल्पाका विकासका लागि भारी मात्रामा सक्रिया रहदै आएका छन् । विवाद रहित नेता मध्यमा पर्ने शाहीले निर्माण तथा विकासका काममा हुने गरेका ढिला सुस्ती विरुद्ध सक्रियता देखाउदै आएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!