कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

सुर्खेत ,२१ चैत ः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिने घोषण गर्नुर्भएको छ । प्रदेशसभामा सम्वोधन गर्नुहुँदै उहाँले उक्त कुराको जानकारी गराउनुभएको हो । सत्ता समिकरण बदलिएसँगै कर्णालीमा नेकपा (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएपछि कर्णालीमा माओवादीको तर्फ मुख्यमन्त्री रहनुभएका शर्माले राजिनामा दिने घोषण गर्दै प्रदेशसभामा जानकारी गराउनुभएको हो ।

प्रदेशसभमा सम्वोधन गर्नुहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहारमा रुमलिएको बताएका छन् । कर्णाली प्रदेशसभामा बुधबार सम्बोधन गर्दै शर्माले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध आएको उहाँले अनुभव सुनाउनुभयो ।
‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण कारण हामी संसदीय अंक गणितको भद्दा प्रहसर्नमा मात्र रुमल्लिने त होइनौँ भन्ने खतरा आइनै रह्यो’, पछिल्लो राजनीतिक अवस्थाबारे उहाँले भन्नुभयो, ‘त्यसका कारण पटक पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आइरहेको जगजाहेर नै छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने अनुभूति भएको छ ।’

कर्णाली प्रदेश संमृद्धिको लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्ने बताउनुभयो । संघ सरकारका कारण प्रदेशले पूर्ण रुपमा संघीयताको सदुपयोग हुन नसकेको समेत उहाँले बताउनुभयो । मुख्यमन्त्री शर्माले भारी काम गरेको भन्दै प्रदेशसभाबाट नियम ,कानुन , कार्यविधि को लिष्ट समेत सार्वजानिक गर्नुभयो । भूकम्प समयमा समेत भारी काम गरिएको बताउनुभयो । गरिवी कर्णालीको साझा समस्य भएको भन्दै यसलाई हल गर्न पहल भइरहेको उहाँको भनाई रहेको छ । डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि ठुलो भएको छ । कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउका लागि काम भएको छ । व्यरुजु हुनै नदिने , भएपनि कम गर्ने कामको सुरुवात गरिएको छ । योजना छनोटलाई बस्तुगत तथा प्रभावकारी बनाएको समेत जानकारी गराएको छ । कर्णाली करिडोरमा कामहरु भइरहेको उहाँको भनाई रहेको छ । प्रदेश पूर्वधारको कामलाई तिब्रता दिइएको छ ।





error: Content is protected !!