ठुलाखोला हुदै लासि चिहानघाट सम्म घोरेटो बाटो निर्माण हुदै

सुर्खेत।
मुख्यमन्त्री रोजगारबाट १५ लाख,युवा रोजगारबाट १८ लाख र खाँडाचक्र नगरपालिकाको साझेदारीबाट ७ लाख गरी ४० लाख लागतमा बाटो पिपिसी हुदै गरेको स्थानिएले जनाए ।स्थानिएका अनुसार, खाँडाचक्र नगरपालिका वडा नं। ५ मा मलामी हिड्ने बाटो पिपिसी गरिदै छ ।
खाँडाचक्र नगरपालिकाको ठुलाखोला हुदै लासि चिहानघाट सम्म घोरेटो बाटो निर्माण भइरहेको छ ।
भौगोलिक कठिनाईका कारण भिरको बाटोबाट मलामी जानुपर्ने समस्या टरेकोमा स्थानीय दान बहादुर कार्की खुसि ब्यक्त गदै भन्छन खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका यात्रा गर्नेलाई समस्या थियो । कृषि खेति गर्ने किसानलाई ठुलो सास्ती थियो अहिले बाटो पिपिसि हुँदा सवैलाई सहज भएको उनि बताउछन् ।


स्थानीय मनविरे कामी भन्छन् पहिला भिरको बाटोबाट मलामी जानुपर्ने भएकाले चोटपटक लाग्थ्यो र लास घाट सम्म पुगाउन कठिन हुन्थ्यो अहिले बाटो बन्दा मलामी जान देखि लिएर अन्य कामकाजका लागि लासीतिर जानेलाई सहज भएको जनाए ।मनविरे कामीका अनुसार,
विकट कालिकोट जिल्लाभित्रका बाटोहरु जोखिमपुर्ण थिए । स्थानीय सरकार आएदेखि सरकारको पहलबाट सडक ,खानेपानी,विधुत,शिक्षा लगाएत अन्य सुविधा गाउँमै आउँदा सरकार आएको अनुभुति भएको मनविरे कामीले बताए ।
खाँडाचक्र नगरपालिका रोजगार संयोजक बल बहादुर शाहीका अनुसार ठुलाखोला हुदै लासी चिहानघाट सम्म २ हजार,३ सय मिटरको बाटो छ । यस क्षेत्रमा बाटो पिपिसि हुँदा यहाँका नागरिकहरुलाई थुप्रै कामको सहजता भएको रोजगार संयोजक शाहीको भनाई छ ।
खाँडाचक्र नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष देउराम विश्वकर्माका अनुसार मुख्यमन्त्री रोजगारबाट ७ सय,५० मिटर ,युवा रोजगार र खाँडाचक्र नगरपालिका तथा वडाको साझेदारीमा १ हजार,७ सय मिटर बाटो बनाउने काम गरिएको हो । थुप्रै चुनौती र पहलको माध्ययमबाट बाटो बन्न सफल भएको अध्यक्ष विश्वकर्माको दावी छ ।
खाँडाचक्र नगरपालिका वडा नं ५ का घोडेना,विउरी,कार्कीवाडा,ढाडगाउँ,गारुवा,सालीमवाडाका नागरिकहरुलाई मलामी जान तथा नदि किनारातिर तरकारी खेति गर्ने नागरिकहरुलाई सहज भएको छ । तरकारी उत्पादन गरी बजारीकरण गर्नमा यस बाटोले सहज गराएको विश्वर्माको भनाई छ ।





error: Content is protected !!