सरकारले तीन खम्बे नीति अनुसार कर्णाली प्रदेशको समृद्धिको आधार तय ः मन्त्री शर्मा

सुर्खेत , २० चैत ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकास शर्माले सरकारले तीन खम्बे नीति अनुसार कर्णाली प्रदेशको समृद्धिको आधार तय गरेकोले बताउनुभयो । उहाँले सहकारीले किसानलाई ऋण लगानी र असुली गर्ने प्रक्रिया मात्रै सहकारीको उपलब्धि हो भन्ने भास्य परिवर्तन गर्न आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो , ‘अहिले सहकारीका भिन्न भिन्न प्रकृति देखा परेका छन, जसका कारण सहकारी सदस्यहरु ठगी हुने समस्या देश भरी देखा परेका छन । ’ मन्त्री शर्माले सहकारीको समस्य समाधानका लागि सहकारी अभियानकर्मीहरु किसानलाई न्याय हुने प्रणाली विकास गरि सहकारी सदस्यको बीउ पुँजी सुरक्षामा ध्यान दिन निर्देशन गर्नुभयो । कर्णालीको विकास र संमृद्धि कृषिको क्रान्ति नै हो भन्दै मन्त्री शर्माले हाम्रो मानसिकता बदल्नुपर्ने बताउनुभयो ।

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रार वीरेन्द्रनगर सुर्खेत र जिल्ला सहकारी संघ वीरेन्द्रनगरको संयुक्त आयोजनामा ६७ ओै राष्ट्रिय सहकारी दिवसको उद्धघाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभयो । तस्बिर उपलब्ध छ ।





error: Content is protected !!