माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक दुइ बजे बस्दै

सुर्खेत ः कर्णालीको मुख्यमन्त्री नेकपा एमालेलाई दिने केन्द्रमा सहमती भएसँगै कर्णालीमा सत्ता समालेको माओवादीमा दुइ धार देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले पहिला विश्वासको मत लिएर मात्र बाँकी काम गर्ने अडान लिएपछि माओवादी प्रदेशको शीर्ष नेतृत्वको बीचमा छलफल सुरु भएको छ ।

शीर्ष नेतृत्वको बीचमा छलफल सकेर दिउँसो दुई बजे कर्णाली प्रदेश नेकपा ( माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीका अनुसार अहिले शीर्ष नेतृत्वको बैठक जारी रहेको छ । आफू पनि संसद कार्य व्यवस्था परामर्श समितिको बैठकमा रहेको उनले बताए । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही , माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मा आन्तरिक छलफलमा रहेको उहाँले बताउनुभयो ।

उत्ता माओवादीको निर्णय कुरेर नेकपा एमालेको नेतृत्व बसेको छ । सत्ता एमालेलाई हस्तान्तरण गर्दा के के कुरामा सहमति गर्ने तथा अन्य बाँकी विषयमा कसरी जाने भन्ने विषयमा समेत अहिले छलफल चलिरहेको छ ।





error: Content is protected !!