भेरी करिडोरको सतह कटिङ हुने

हेमन्त केसी
सुर्खेत ,१९ चैत ः भेरी करिडोर अन्तरर्गत जाजरकोट –डोल्पा सडक खण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर भित्र सतह कटिङको काम हुने भएको छ । भेरी करिडोर आफैँले सतह खटिङको काम गर्न लागेको करिडोर प्रमुख सुनिल रंन्जितकारले जानकारी दिनुभयो ।
११८ किलोमिटर मध्य ५६ किलोमिटरमा कालेपत्रको काम सुरु भइरहेको छ भने बाँकी तल्लु देखि दुनै सम्मको ६२ किलोमिटर नेपाली सेनाले खोलेको ट्याक माथी नै यातायातका साधनहरु सञ्चालन भइरहेका छन् । रंन्जितकारका अनुसार सतह कटिङको काम कार्यालयले आफैँले गर्नका लागि फाइल विभागमा स्वीकृत हुने अन्तिम चरणमा पुगेको छ । दुनै देखि ल्यासिक्याप सम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेको उहाँको भनाई छ । बीचमै काम छाडेर अलपत्र परेको यो सडक खण्डमा पुन काम सुरु भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल तथा सुरक्षा निकायको टोलिले यो सडक खण्डको अनुगमण गरेर काममा तिब्रता दिन निर्देशन दिएको छ । ठेक्का मात्र लिने तर काम नगर्ने पारपार्टीको विकास भएको पाइयो , अब यो तरिकाले नहुने भएकाले हामी सबै सक्रिया भएका छौँ ।
यदि पुरानै तरिकाले बीचमा काम छाडेमा ठेक्का ताड्ने सम्मको काम हुने आयोजना प्रमुख रन्जितकारले बतानुभयो । यत्ता तल्लु स्थित भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त पुलमा आवश्यक पर्ने सामानहरु निर्माण स्थलमा आज नै पुग्ने भएकाले हप्ता दिन भित्र काम पूरा हुने आयोजनाले बताएको छ । तल्लु स्थित बेलिब्रिज पुल छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खडकाले लिएको ठेक्का बीचमै अलपत्र परेपछि उक्त ठेक्का यति बिल्डसले बैंक ज्ञारेन्टी राखेर लिएको थियो । यत्तिले निर्माण कार्य सुरु गरेको २ महिना भित्र पुलको काम अन्तिम चरणमा पुर्याएको छ । लिएको जिम्मेवारी समयमै पुरा गर्नुपर्छ भन्ने हाम्रो चाहना हुन्छ , सोही अनुसार काम भइरहेको यत्तिका गोरखबहादुर केसीले जानकारी दिनुभयो ।
क्याराभानले लिएका अन्य ५ वटा पुलको काम नगर्दा भेरी करिडोरमा अर्को समस्य आएको छ । पुलको म्याद थपिरहने तर क्याराभानले काम नै नगर्ने तरिकाले गर्दा यहाँका स्थानीयबासीहरु हैरान भएका छन् । यो पटक पनि अन्तिम म्याद थपका लागि फाइल मन्त्रालयमा पुगेको आयोजना प्रमुख रन्जितकारले जानकारी दिनुभयो । म्याद थप हुन बित्तिकै तुरुन्तै फिल्डमा आएर काम गर्न निर्देशन दिएका छौँ ,उहाँले भन्नुभयो। भेरी करिडोरको ६२ किलोमिटरमा कालोपत्र गर्नका लागि अहिले बजेट नभएको अब आउदो बजेटबाट मात्र काम हुने भएको छ । चालु आर्थिक वर्षमा ५० करोड बजेटले काम भइरहेको छ ।
ठेक्का लिने तर काम बीचमै काम छाड्नेलाई सरोकारवालाले समेत चुप लागेर बस्दा विकास निर्माणमा समस्य आएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले अब जिल्लामा विकास निर्माणका काममा ढिलासुस्ती गर्ने निर्णय व्यवसायीलाई पहिलो पटक सचेत गराउने , यदि सचेत गराउदा पनि सुनुवाइ नभएर त्यसको खण्डमा जनताको साथ लिई उपयूक्त जवाफ दिने समेत उहाँले बताउनुभयो । एउटै व्यक्तिले ५ ठाउँमा पुलको ठेक्का लिएको तर ५ वर्ष सम्म कामको सुरुवात नै गर्दैन उहाँले भन्नुभयो ? यसरी कसरी हुन्छ विकास निर्माणको काम अनि हामीले खोजेको सुशासनको आधार ।
यो सडक जति छिटो निर्माण हुनेछ , त्यति छिटो जाजरकोट र डोल्पामा निर्माण हुने विकास निर्माणका कामहरुले गती पाउने छन् । जगदुल्ला जलविद्युत आयोजना १०६ , नलगाड जलविद्युत आयोजना ४१७ , ताक्सुगाड ७ मेगावाट , जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट निर्माणमा समेत सहज हुनेछ । उपल्लो डोल्पा देखि पूर्वी जाजरकोटमा निर्माण सामग्री लिन समेत सहजता आउने छ ।










