जनप्रतिनिधिलाई कामको प्रतिवेदन दिन माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्र जुम्लाले जित हाशिल गरेका जनप्रतिनिधिलाई प्रतिवेदन दिन निर्देशन दिएको छ ।
जनप्रतिनिधि सँग प्रशिक्षण कार्यक्रममा पार्टी ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले वडा देखी पालिका सम्म माओवादीले नेतृत्व गरेका जनप्रतिनिधिहरुले गरेका काम पार्टीलाई जानकारी दिन निर्देशन दिएका छन ।
भण्डारीले पार्टीबाट नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुले अरु भन्दा फरक र राम्रा कामको अपेक्षा गरिएको बताउदै प्रतिवेदन दिनु पर्ने र राम्रा काम गर्ने जनप्रतिनिधिहरूको पार्टीले राम्रो मुल्यांकन गरिनुपर्नेमा जोड दिएका छन।

संघीयताले स्थानीय सरकारलाई बलियो बनाईदिएको अवस्थामा जनताको नाममा आएको बजेट माओवादी निकट जनप्रतिनिधिहरूले अरु भन्दा फरक र सही सदुपयोग तथा थप प्रभावकारी हुनुपर्ने बताउदै ठोस र प्रभावकारी काम गरिरहेको अपेक्षा गरिएको बताएका छन ।
संयोजक नवराज न्यौपानेले अवका दिनमा जनप्रतिनिधिका राम्रा काममा पार्टीले सघाउँने बताउदै राम्रा काम गर्न, सृजनात्मक काम गर्न अनुरोध गरे ।
न्यौपानेले आफु सँग कुनै स्वार्थ र गुठ नभएको बताउदै जनताको विकास र पाटीका लागि कुनै गुट उपगुट नहुने दाबी गरे।प्रशिक्षण कार्यक्रममा सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल, पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया, तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा सहित माओवादीले नेतृत्व गरिरेका पालिका, वडाहरुले भईरहेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय सांसद छिरिङ ल्यामु लामा तामाङले संघीय सरकारमा आगामी बजेटमा भईरहेका काम र विकास निर्माणका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँले आगामी बजेट बृहत र विशेष हुने बताउदै जिल्लाका लागि ठोस योजनामा जोड हुने बताइन्।भर्चुअल माध्यामबाट सांसद लामाले सरकारले कर्णालीलाई ठोस योजनामा सहयोग गर्ने अपेक्षा गरिएको र सोही अनुसार पहल भईरहेको बताउनुभयो । माओवादीले जुम्लामा २ वटा स्थानीय तहमा अध्यक्ष, चार तहमा उपाध्यक्ष, १९ वटा वडाध्यक्षको नेतृत्व गरिरहेको छ । नेकपा माओवादी केन्द्र जुम्लाले जिल्लामा प्रशिक्षण सहित ३ महिने अभियान समेत गर्ने भएको छ । जनता सँग जनप्रतिनिधि र जनता सँग जनबर्गिय संगठन कार्यक्रम गर्ने भएको हो।










