अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा ऊर्जा मन्त्री बस्नेतद्धारा पेस

काठमाडौं ः प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्नुभएको हो ।

सम्झौता संसदमा पेस गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरू राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताउनुभयो ।

उहाँले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न सङ्घीय संसदमा पेस गर्ने प्रयोजनका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उहाँले भन्नुभयो, सौर्य ऊर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरू राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकाले आइएसएको सम्झौताको अनुमोदन गर्न सङ्घीय संसदमा पेस गर्ने प्रयोजनका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८०, १, १९ मा स्वीकृत प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता सङ्घीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु ।’’

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता सङ्घीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।





error: Content is protected !!