स्थानीय तहले चासो नदिदाँ भुमिहिनको लगत्त संकलनमा ढिलाई 

खड्क सुनार / न्युज कारखाना 

मुगु, ०१ चैत  / हिमाली जिल्ला मुगुमा स्थानीय तहले भुमिहिनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाई भएको छ। मुगुमा रहेका चार वटा स्थानीयतहहरूले भूमिन सुकुम्बासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनमा चासो नदिँदा भूमिहीनको लगत संकलनमा ढिलाई भएको हो।

राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन, प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै राष्टिय भूमि आयोग मुगुका अध्यक्ष लाल चन्द्र विकले मुगुका चारवटा स्थानीय तहहरूले भूमिहीनको लगत्त संकलनमा चासो नदिँदा भूमिहीन सुकुम्बासी,भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनका ढिलाई भएको बताए।

उनका अननुसार २ वर्ष पुगि सक्दा पनि भूमिहीन सुकुम्बासी,भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनक मात्रै भएको छ। हालसम्म के कति भूमिहीन छन् भन्ने एकिन तथ्याङ्क अझैँ स्पष्ट नआएको अध्यक्ष विकले बताए।

भूमिहीन लगत संकलनको लागि प्रथम पटक २०७९ भदौ २९ गते ३५ दिने  पहिलो सूचना प्रकाशित गरिएको थियो त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीय तहले भूमिहीन लगत संकलन नगरेकाले दोस्रो सूचना २०८० फागुन १ गते पुन ३५ दिने सूचना प्रकाशित गरेपछि भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत्त संकल गरेर छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ्ग गाउँपालिकाले मात्रै लगत्त संकल गरेर राष्ट्रि भूमि आयोगमा पठाएका अध्यक्ष विकले बताए।

सोरुगाउँपालिकाले अझैँ लगत संकलन गरेर पठाएको छैन। हालसम्म भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन गरेर छायाँनाथ रारा नगरपालिकामा ४ सय १७ ,खत्याड गाउँपालीका ७ सय ५७ र मुगुम कामारोङ्ग गाउँपालिकाले ३ सय ४० जनाको एकमुष्ट लगत संकलन गरेर पठाएका छन् भने सोरु गाउँपालिकाले समय समाप्त हुँनै लाग्दासमेत लगत संकल गरेर पठाएको छैन।

भूमिहीनको लगत संकलनको लागी दोस्रो पटक प्रकाशित सूचना आगामी चैत ५ गते सकिदै छ। समय सीमा भित्र पनि सोरुगाउँपालिका बाट भुमिहिनको लगत संकल गरेर आएन भने अन्य प्रक्रिया जाने राष्टिय भूमि आयोग मुगुले जनाएको छ।





error: Content is protected !!