सत्ता समीकरण परिवर्तन ः चार दलबिच ८ बुँदे सहमति , राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेबाट बन्ने

काठमाडौँ ः नयाँ गठबन्धनका चार राजनीतिक दलबीच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ । सोमबार राति भएको सहमति अनुसार रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने दलहरुबिच सहमति भएको हो ।
सहमतिमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ ः सत्तारुढ चारदलबिच ८ बुँदे सहमति भएको छ ।









