इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत

(240226) — SDEROT, Feb. 26, 2024 (Xinhua) — Israeli troops are seen near the border with Gaza Strip, in southern Israel, on Feb. 25, 2024. (Photo by Gil Cohen Magen/Xinhua)

इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जनाकारी दिइएको छ ।
इजरायलले राफाहमा भूमिगत कारबाही नगर्न अन्तरराष्ट्रिय आह्वान गरेपछि यो घोषणा बाहिर आएको हो । स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ।
यसैबीच क्याबिनेटले खाद्य ट्रकहरू सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ । सामान बोकेका ट्रकहरूलाई बाटोमै सर्वसाधारणहरूले लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ ।
हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् ।
भोगग्रस्त नागरिकहरूले ट्रकहरूमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउन सकिएको छैन। गाजा स्ट्रिपमा कम्तिमा ४ घरपरिवारमा एउटा अथवा ५ लाख मानिसहरू चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन् ।





error: Content is protected !!